
मकवानपुर : इलाका प्रहरी कार्यालय नेवापानीले अबैध काठ सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनहरी गाउँपालिका वडा नम्बर ७ का २५ वर्षिय बबुलाल मोक्तान र २६ वर्षिय राजु प्रजा रहेका छन् ।
मनहरीबाट हेटौडा तर्फ जाँदै गरेको ना ४ ख ५५०१ नम्बरको ट्रिपरमा लुकाई लगेको ५१ दशमलब ६ क्युफिट काठ बरामत गरेको हो । पक्राउ गरिएको काठ, सवारी र व्यक्तिलाई डिभिजन वन कार्यालय राप्ती थप अनुसन्धानका लागि पठाइएको छ ।