
चितवन, : चितवनमा विगत २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय चितवनले आज सार्वजनिक गरेको तथ्यांक अनुसार कोरोना संक्रमणका कारण मृत्यु भएका मध्ये तीन जना चितवनका र बाँकी तीन जना अन्य जिल्लाका छन् । उनीहरु मध्ये भरतपुर अस्पतालमा ५ जना र चितवन मेडिकल कलेजमा १ जनाको मृत्यु भएको हो ।
चितवनका विभिन्न अस्पतालमा २१७ जना कोरोना संक्रमित बिरामी रहेका छन् । जसमध्ये आईसीयूमा ९५ जना, भेन्टिलेटरमा १८ जना, एचडीयूमा ३२ जना र सामान्य बेडमा ९० जना रहेका छन् । विगत २४ घण्टामा चितवनका विभिन्न अस्पतालबाट २७ जना कोरोना संक्रमित बिरामी डिस्चार्ज भएका छन् ।
त्यसैगरी स्वास्थ्य कार्यालयका अनुसार चितवनमा विगत २४ घण्टामा ४४ जना कोरोना संक्रमित थपिएका छन् ।
भरतपुर महानगरपालिकामा २८ जना, खैरहनीमा ७ जना, माडीमा १ जना, रत्ननगरमा ४ जना, राप्तीमा ३ जना, कालिकामा १ जना रहेका छन् । योसँगै चितवनमा सक्रिय संक्रमितको संख्या एक हजार २६ पुगेको छ । जसमा घरमा ९०२ जना, अस्पतालमा ९५ जना र सार्वजनिक आइसोलेसनमा २९ जना रहेका छन् ।