
चितवनः यहाँ रहेको क्यान्सर अस्पताललाई छोडेर सरकारले भक्तपुर क्यान्सर अस्पताललाई अध्ययन प्रतिष्ठान वनाउने निर्णय प्रति काँग्रेस चितवनको ध्यानाकर्षण भएको जनाएको छ । काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठद्धारा जारी बिज्ञप्तिमा सरकारले भक्तपुर क्यान्सर अस्पताललाई अध्ययन प्रतिष्ठान वनाई यहाँको अस्पताललाई त्यसको मातहतमा राख्ने निर्णय प्रति हाम्रो आपत्ती रहेको छ ।
आफ्नै स्वायत्त ऐन पर्याप्त पुर्वाधार भएको देशकै पहिलो र जननिर्वाचित प्रधानमन्त्रीको नाममा रहेको यस अस्पतालमा राजनीतिक पुर्वाग्रह राखि गरिएको बिज्ञप्तिमा जनाइएको छ । सरकारले गरेको उक्त निर्णय तत्काल नसच्याए त्यस पछि उत्पन्न अबस्था सरकारले नै वेहोर्नु पर्ने चेतावनी काँग्रेसले दिएको छ ।