चितवनः जिल्लाको बिभिन्न अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित बिरामीहरु मध्ये ३० जनाले कोरोना जितेर घर फर्किएका छन् ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर अस्पतालमा उपचाररत १२ जना, चितवन मेडीकल कलेजमा उपचाररत ८ जना, बिपि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत १ जना, भरतपुर महानगरपालिकाको आइसोलेसनमा उपचाररत ८ जना र अन्य अस्पतालमा उपचाररत १ जना बिरामीले कोरोना जितेर घर फर्कीएका छन् ।

अहिले जिल्लाका अस्पतालमा उपचाररत २ सय २२ जना रहेका छन् । कार्यालयका अनुसार जिल्लामा आज दुई जना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुने सबै चितवनका रहेका छन् । भरतपुर अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएको हो ।

यस्तै जिल्लामा आज ८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ६२ जना पिसिआर परिक्षण बिधि र २४ जना एन्टिजेन बिधिबाट पुष्टि भएको हो । हाल जिल्लामा एक हजार २३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !