चितवनः नेपाली काँग्रेसको १४ औं महाधिवेशन नजिकिदै गर्दा नोपली काँग्रेसनका नेता कार्यकर्ताहरुलाई चुनावी माहोलले तानेको छ । चोक चौराहामा चुनाबकै चर्चा हुने गरेको छ । कस्को नेतृत्वमा पार्टी अघि वढाउने हो भन्ने बिषयमा कार्यकर्तामा चिन्ता रहेको देखिन्छ भने आँफु कसरी नेतृत्वमा पुग्ने भन्ने बिषमा नेताहरुको दौड धुप देख्न सकीन्छ । जिल्लाको अधिबेशनको मिति नजिकिदैं जाँदा काँग्रेस चितवनमा पनि चुनाबि रौनक छाएको देख्न सकीन्छ । यसै क्रममा नेपाली काँग्रेस चितवनको नेतृत्वको दौडमा काँग्रेस चितवनका उपसभापति कैलाश कोईराला पनि रहनु भएको छ । लामो समय नेविसंघको राजनीतिबाट आउनु भएका कोईराला अँफु कार्यकर्ताको भावना अनुसारनै नेतृत्वमा आउन चाहेको बताउनुहुन्छ ।
आँफु नेतृत्वमा आएमा पाँच वर्ष कुनै पनि लाभवको पदमा नबस्ने र स्थानिय देखि संघिय निर्वाचनमा पनि पदको दावि पेस नगर्ने उहाँको तर्क छ । राजनैतिक चेतना भएको परिवारमा हुर्कनु भएका उहाँ पार्टी सभापतिमा निर्वाचित भएमा युवा तथा पुराना नेताहलाई साथमा लिएर हिड्ने बताउनुहुन्छ । अरु भिडियोमा ,,,,,,,,,

 

प्रतिक्रिया दिनुहोस !