भरतपुर : चितवनमा पछिल्लो २४ घन्टामा ९६ जना संक्रमित थपिएका छन्। स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार आज बिहीबार एकैदिन ९६ जना संक्रमित हुँदा संक्रमणमुक्त हुनेको संख्या २४९ जना रहेका छन् । २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

भरतपुर महानगरमा ६६, खैरहनीमा ४, माडीमा ५, रत्ननगरमा १६, कालिकामा २ र इच्छाकामनामा ३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालयको विवरणमा उल्लेख छ । चितवनमा हालसम्म जम्मा संक्रमितको संख्या १५ हजार ७५१ पुगेको छ ।

हस्पिटल आइसोलेसनमा ९४, होम आइसोलेसनमा ९१५जना रहेका छन् । १४ हजार ४३१ जना हालसम्म संक्रमणमुक्त भएका छन् । २७४ जनाको कोरोनाको संक्रमणबाट मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस !