
सुर्खेत : कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई गृहजिल्ला कालिकोटमा कालोझण्डा देखाएर विरोध गरिएको छ । आज स्थानीयतहको बजेट कार्यकक्रममा सहभागी हुनका लागि कालिकोट पुगेका शाहीमाथि नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ताले कालोझण्डा देखाएर विरोध गरेका हुन् ।
विरोध प्रदर्शनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीसँगको सामान्य झडपमा दुई प्रदर्शनकारी घाइते भएका पनि बताइएको छ। यसअघि पनि मुख्यमन्त्री शाहीलाई पटक–पटक कालोझण्डा देखाउने गतिविधिहरु भएका थिए ।