
काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल तथा डिजेलरमटितेलको साविकको बिक्री मूल्यमा २ रुपैयाँले वृद्धि गरको हो ।
अब पेट्रोलको मूल्य १२७ रुपैयाँ र डिजेलको मूल्य ११० रुपैयाँ पुगेको छ । हवाई इन्धन ९आन्तरिक उडान० मा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरी ८२ रुपैयाँ प्रति लिटर र हवाई इन्धन (अन्तर्राष्ट्रिय उडान०मा प्रति किलोलिटर अमेरिकी डलर २)ले वृद्धि गरेर नयाँ बिक्री मूल्य अमेरिकी डलर ७३५ प्रति किलो लिटर कायम गर्ने निर्णय निगमले गरेको छ ।
निगमले अन्तर्राष्ट्रिय बजारको मूल्य देखाउँदै निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य कायम गरिएको जनाएको छ । गत वर्ष लकडाउनमा निगमले उच्च नाफा राखेर तेल बचेको थियो ।
घट्दा मूल्य नघटाउने निगमले बढ्दा भने घाटा भएको कारण देखाउादै लगातार मूल्य बढाइरहेको छ । गत जेठ २२ गते निगमले पेट्रोल, डिजेलरमटितेल तथा हवाई इन्धन (आन्तरिक) को साबिकको बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको थियो ।
निगमले डलरसँग नेपाली मुद्राको अववमूल्यनका कारण भविष्यमा अझै मूल्य बढ्न सक्ने बताएको छ ।