काठमाडौं : प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीले शेरबहादुर देउवासँगै प्रधानमन्त्रीमा दावी गर्नु उचित होकी होइन भन्नेबारे प्रश्न गर्नुभएको छ ।
संवैधानिक इजलासमा बरिष्ठ अधिवक्ता बद्री बहादुर कार्कीलाई उहाँले सोध्नुभयो “उहाँ (केपी ओली) धारा ७६ को उपधारा–३ को सरकार त हुनुहुन्छ नि, अहिले विश्वासको मत पाएको नपाएको कुरा बेग्लै होला, अनि फेरी प्रतिस्पर्धा गर्न पाईँदैन ? ” केपी शर्मा ओलीले धारा ७६ को उपधारा–५ अनुसार प्रधानमन्त्री पदमा आफुलाई दाबी गरेका थिए । बरिष्ठ अधिवक्ता कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसरी दाबी गर्न नमिल्ने जवाफ दिनुभएको छ ।
कार्कीले भन्नुभयो “राजीनामा गर्नुपर्छ, त्यसरी भाँजो हालेर बस्न मिल्दैन । अब, ७६ ९५०को अवस्थामा गैसकेको छ ।” राष्ट्रपतिले एउटै मान्छेलाई पटक पटक नियुक्त गर्न नमिल्ने तर्क उहाँको छ ।






