काठमााडौंः नेपाल टेलिकम (एनटिसी)का मोबाइल प्रयोग कर्ताहरुको नम्बरमा फोन नलाग्ने समस्या देखिएको छ । आज बिहान देखिनै एनटिसीका पोष्टपेड र प्रिपेड दुबै सिममा फोन नलाग्ने समस्या आएको हो ।

मोबाइल नम्बर डायल गर्नासाथ कल सकिएको संकेत देखिने गरेको छ । यसो हुनुको कारण खुलेको छैन ।

नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले सिस्टममा समस्या आएकाले जीएसएम नम्बरमा फोन नलाग्ने समस्या आएको बताउनुभयो । “हाम्रा धेरै सिस्टम छन्, कहाँनिर समस्या आयो भन्ने पत्ता लागिसकेको छैन । प्राविधिक साथीहरुले समस्या समाधानका लागि काम गरिरहनु भएको छ,” उहाँले भन्नुभयो ।

उहाँका अनुसार बिहान साढे ६ –७ बजेदेखि फोन नलाग्ने समस्या आएको हो ।

प्रतिक्रिया दिनुहोस !