
नवलपरासीः नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नं ३ स्थित होङ्सी गेट नजिकै डुमे्रखोलाका ड्याममा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा बझाङ बेहुलीकोटका २१ वर्षीय लक्ष्मण बोहोरा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक मधुसुधन सिंहले डुमे्रखोलाको ड्याममा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका बोहोराको खोज तलासका क्रममा आज शव भेटिएको जानकारी दिनुभयो । मृतक ट्रकका सहचालक रहेका बताइएको छ । रासस