चितवन : जिल्लाका बिभिन्न अस्पतालमा उपचार गराईरहेका र आइसोेलेसनमा बसेका मध्ये २४ले कोरोना जितेर घर फर्कीएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार अस्पतालमा अस्पतालमा उपचार गराई रहेका र अन्य आइसोलेसनमा रहेकाहरु कोरोना जितेर घर फर्कीएका हुन ।
जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालका अनुसार जिल्लाका अस्पतालमा उपचारका क्रममा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना चितवनका, दुई जना नवलपरासीका र एक जना गोर्खाका रहेका छन् । उनीहरु सबैको चितवन मेडीकल कलेजमा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस !