
चितवनः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डले देशले केपी ओली शैलीलाई धान्न नसक्ने बताउनु भएको छ । माओवादी केन्द्रकी नेता तथा पूर्ब उपसभामुख पूर्णकुमारी सुबेदिका पिता हरी प्रसाद पौडेलको श्रद्धान्जली सभालाई आज सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री ओलीकौ शैलीका कारण देश दुर्घटनामा जान लागेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो “नेपाललाई दुर्घटना नजिक लैजान खोजिएको छ तर हामी त्यो हुन दिन्नै ।”
अध्यक्ष प्रचन्डले समृद्द नेपाल र नेपाली जनताको मजबुत एकताका लागी आफू लडीरहेको बताउनुभयो । देशमा बिकसित पछिल्ला घटनाक्रमको चर्चा गर्दै उहाँले भन्नुभयो “आकासमा देखियको कालो बदल अन्त्य गरेर कुनैपनि राजनितिक दुर्घटनाबाट देशलाई जोगाउन लागि परेका छौ ।”
नेपाली जनताको बलिदानिपूर्ण संघर्ष ,मदेश आन्दोलन र जनआन्दोलनबाट प्राप्त उपलब्धीहरूलाई सिध्याउन बर्तमान सरकार लागिपरेको भन्दै यसलाई जसरीपनि रोकेर संबिधानलाई सहि बाटोमा हिडाउने उहाँको भनाई थियो । आँफूले नेपाली कम्यूनिस्ट आन्दोलनलाई एकताबद्दगर्न प्रस्ताब सहिल नेकमा ऐमालेसंग पार्टी एकता गरेको बताउदै प्रधानमन्त्री के पी ओलिले तेसलाई चकनाचुर पारेको उहाँको आरोप छ ।
सो अवसरमा अध्यक्ष प्रचन्डले स्वगिय हरीप्रसाद पौडेल कम्यूनिस्ट आन्दोलनलाई ठूलो योगदान दिएको भन्दै स्वगिय पौडेल प्रति श्रद्धाञ्जली र परिवारजनमा समबेदना ब्याक्त गर्नुभएको थियो । पौडेलको ९० बर्षको उमेरमा असार २ गते निधन भयको थियो ।
सोमबार साँझ चितवन आउनुभएका अध्यक्ष प्रचन्डले आज बिहान आफ्नो निर्वाचन क्षेत्रमा केहि दिन अगी अबिकल बर्षाका कारण आएको बाढिका कारण डुबानमा परेको भरतपुर महानगरपालिका वडा नम्बर २६ को सिसई लगयतका क्षेत्रको अनुगमन गर्ने र १० बजे नदी नियन्त्रण सम्बन्धी सरोकारवाला कार्यालय प्रमुखहरूसंग जिल्ला प्रसासन कार्यालयचितवनमा छलफल पछी आजै काठमान्डौ फर्किने कार्यक्रम रहेको छ ।