चितवनः राप्ती नगरपालिकाले आर्थिक बर्ष २०७८–०७९ को लागी रु ९२ करोड ९७ लाख ३६ हजार ४ सय २९ को बजेट सार्वजनिक गरेको छ । नगर सभामा उक्त बजेट सार्वजनिक गरिएको हो ।

नगरले आन्तरिक श्रोत अन्तर्गत रु ८० करोड, प्रदेश सरकारको सवारी साधन करबाट ४ करोड ३७ लाख ४२ हजार ४ सय २९ रुपैया, सवारी साधन कर प्रदेश सरकारबाट राजश्व संकलन रु।११ करोड ६८ लाख ३२ हजार, संघीय सरकार अनुदान रु। १७ करोड ४५ लाख, संघीय सरकारको शर्सत अनुदान अन्तर्गतरु। ३१ करोड ५२ लाख रहेको छ । यसैगरी प्रदेश सरकार अनुदान रु।१५ करोड २४ लाख ४ हजार, प्रदेश सरकार बिशेष अनुदान रु। २ करोड ५० लाख, प्रदेश सरकार बिशेष अनुदान रु। ६ करोड ६४ लाख , १८ हजार, भिसिडिपि रु।७ लाख र आर्थिक बर्ष २०७७ ÷०७८ को बाँकी मौज्दात रु। ८ करोड ४६ लाख रहेको छ ।

राप्ती नगरपालिकाको सोमवार वीरेन्द्रनगरमा सम्पन्न भएको नवौ नगर सभामा प्रस्तुत भएको बजेटमा सबभन्दा बढी पूर्वाधार विकासमा छुट्टाइएको छ । नगरले सडक पुलमा रु। ७ करोड ७५ लाख १५ हजार र भवन तथा शहरीमा रु। ४ करोड ४९ लाख ९३ हजार गरी १२ करोड २५ लाख १५ हजार पूर्वाधार विकासमा बजेट छ्ट्टाएको हो ।

नगरले सामाजिक विकासमा रु। ८ करोड ८८ लाख ९२ हजार छुट्टाएको छ । यसमा शिक्षा अन्तर्गत रु। ३ करोड ६० लाख ७२ हजार र स्वास्थ्यमा ४ करोड १४ लाख ५९ हजार रहेको छ । आर्थिक विकास अन्तर्गत ७ करोड ८२ लाख २५ हजार रहेको छ । जसमा कृषिमा लक्षित कार्यक्रम सहित रु। ५ करोड ९६ लाख ६४ हजार रहेको छ ।

यस पटकको बजेटमा व्यवस्थापन तथा सुशासनमा रु। ५ करोड ४४ लाख ५ हजार र विपद व्यवस्थापनमा नगरको रु। ५० लाख सहित १३ वटै वडाको गरी रु। २ करोड ६२ लाख रहेको छ । नगरले कार्यालय सञ्चालन तथा प्रशासनको लागी रु। १७ करोड ६२ लाख ८१ हजार बजेट राखेको छ ।

सभामा बजेट बक्तव्य नगर उप प्रमुख इमानसिह लामाले प्रस्तुत गर्नु भएको थियो । विद्यान प्रतिवेदन समितीका संयोजक सुमिता डल्लाकोटीले प्रस्तुत गर्नु भएको थियो । न्यायिक समिती प्रतिवेदन समितिका सदस्य पूर्णप्रसाद आर्चाय र लेखा प्रतिवेदन लेखा समितीका संयोजक इन्द्रबहादुर लामाले प्रस्तुत गर्नु भएको थियो । सभा नगर प्रमुख प्रभा बरालको अध्यक्षतामा सम्पन्न भएको थियो । सभाको सहजीकरण नगरका प्रमुख प्रशासकीय अधिकृत गंगा बहादुर भुजेलले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !