चितवनः नेपाली काँग्रेस चितवनले बिबादित जिल्ला बाहेकका जिल्लाको क्रियाशिल सदस्यता अनुमोदन गरेको छ । आज बसेको जिल्ला समितिको बैठकले बिबाद देखिएका केही वडा वाहेक अन्य वडाहरुको सदस्यता अनुमोदन गरेको हो । काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले बिबिाद देखिएका वडाहरुमा जिल्ला स्तरीय प्रारम्भिक छानविन समितिले टुङ्गो लगाउने निर्णय छ ।

टुङ्गो लगाउन नसकेमा सो बिबादलाई राय सहित केन्द्रय समितिमा पठाउने निर्णय भएको काँग्रेस चितवनका सचिब उत्तम जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाले २७ हजार ८ सय ३३ जनाको नाम सिफारिस गरेको थियो । जस मध्ये १० हजार ८ सय २७ जना नयाँ र १७ हजार २६ जना नविकरण रहेको उहाँले जानकारी दिनुभयो । यो संगै बैठकले काँग्रेस चितवनका सल्लाहाकार महेश्वरलाल श्रेष्ठको स्मृतिमा नामाकरण गरिएको सभाहल वनाउने निर्णय समेत अनुमोदन गरेको छ । जोशीका अनुसार कोरोना कहरका समयमा निधन भएका काँग्रेसका नेता एबं कार्यकर्ता र सर्बसाधारणहरु प्रति समवेदन समेत व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस !