
चितवन,: जिल्लाको बिभिन्न अस्पतालमा उपचाररत सात जना कोरोना सङ्क्रमितिको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लामा चार जना र मकवानपुर, नवलपरासी र लम्जुङका एक–एक जना रहेका छन् । कार्यालयका अनुसार यहाँको भरतपुर अस्पतालमा दुई जना, चितवन मेडीकल कलेजमा २ जना, पुरानो मेडीकल कलेजमा २ जना र पुष्पाञ्जली अस्पतालमा एक जनाको मृत्यु भएको हो ।
जिल्लाका अस्पतालमा २ सय १७ जनाको उपचार भईरहेको छ । उपचारका क्रममा रहेकाहरु मध्ये ८७ जनाको सघन उपचार कक्षमा, एचएफएनसीमा २७ जना, एचडियु र भेन्टिलेटरमा ३३ जना र साधारण वाडमा ९७ जनाको उपचार भईरहेको छ ।