चितवन : पूर्वी चितवनको रत्ननगर नगरपालिकामा वाघको आक्रमणबाट आज दिउँसो एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर ५ मगरटोल निवासी ३० वर्षिया गिता अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
अधिकारी स्थानिय जनकौली मध्यवर्ती सामुदायीक वनमा न्यूरो टिप्न गएको समयमा बाघले आक्रमण गरेको थियो । वाघको आक्रमणबाट उनको घटनास्थलमानै मृत्यु भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार घटना स्थलमा प्रहरी पुगि सकेको भए पनि बाघ आसपासमानै भएकाले शव उठाउन सकिएको छैन ।