काठमाडौं, : अमेरिकाका लागि नेपालका राजदूत डा. युवराज खतिवडालाई कोस्टारिकाका लागि समेत गैरआवासीय राजदूतको जिम्मेवारी दिइएको छ ।

सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम कोस्टारिकाको समेत जिम्मेवारी दिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस !