रुपन्देही, : लुम्बिनी प्रदेश सभाको आइतबार बसेको बैठक विपक्षी गठबन्धनले बहिस्कार गरेको छ।   अल्पमत  परेको सरकारले ल्याएको  बजेट पास हुन नदिने भन्दै विपक्षी गठबन्धनमा आवद्ध दलहरुले  बैठक बहिस्कार गरेका हुन् ।

असार १ गते लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गरेको थियो  । तर, आज  बैठक सुरु हुनासाथ विपक्षी दल नेपाली काँग्रेसका वीरेन्द्र कनौडियाले  सरकार अल्पमतमा परेको भन्दै त्यस्तो सरकारले ल्याएको बजेट पास हुन नदिने बताए । त्यसपछि काँग्रेस, माओवादी र जसपा  सांसदहरु बैठकबाट हिँडेका थिए ।

आय व्ययको छलफल भएपछि आजै विनियोजन विधेयक पेश हुने कार्यसूची रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !