चितवनः प्रहरीले अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने २१ सवारी साधनलाई नियन्त्रणमा लिएको छ । जिल्लाका बिभिन्न स्थानहरुबाट ति सवारी साधनलाई नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कालिका नगरपालिका ८, रत्ननगर नगरपालिका १४ र १६ स्थित कयर खोलाबाट साधनलाई लिइएको हो । खोलामा अवैध रुपमा उत्खनन तथा चोरी निकासी गरिरहेको अबस्थामा ईलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको टोलीले ति सवारीसाधनलाई नियन्त्रणमा लिएको कार्यालयका प्रवक्ता एबं प्रहरी नायव उपरिक्षक सूर्य थापाले जानकारी दिनुभयो ।
थापाका अनुसार नियन्त्रणमा लिइएको सवारीसाधनहरुमा एउटा जेसिभी, दुई वटा टिप्पर र १८ वटा ट्र्याक्टर रहेका छन् । नियन्त्रणमा लिइएको सवारी साधनहरुलाई ईप्रका टाँडीमा राखिएको छ ।

रत्ननगर १४ र १६ स्थित कयरखोलाबाट नियन्त्रणमा लिइएको सवारीसाधनलाई कारबाहीका लागि रत्ननगर नगरपालिका तथा कालिका ८ बाट नियन्त्रणमा लिइएको सवारीसाधनलाई कालिका नगरपालिका पठाइने छ । अन्य सवारी साधन भोली मात्रै कारबाहीका लागि पठाइने छ ।

प्रतिक्रिया दिनुहोस !