
चितवन, : जिल्लाका बिभिन्न अस्पतालमा उपचारका क्रममा रहेका ९ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चितवनका चार जना रहेका छन् भने अन्य वाहिरी जिल्लाका रहेका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा नवलपरासीको २ जना, लमजुङ्, गुल्मि, स्याङ्जाका एक –एक जना रहेका छन् ।
कार्यालदयकी जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालका अनुृसार यहाँका बिभिन्न अस्पतालमा उपचारका क्रममा रहेका सङ्क्रमितको संख्या भने २ सय ३४ जना रहेका छन् । उनीहरु मध्ये ८७ जना सघन उपचार कक्षमा २८ जना भेन्टिलेटर तथा एचएफएनसिमा उपचाररत रहेका छन् । एच डियुमा ३७ जना र सामान्य आइसोलेसनमा एक सय दश जनाको उपचार भईरहेको छ ।