चितवन, : जिल्लामा कोरोना ८४ जना नयाँ कोरोनजा सङ्क्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार आज सो संख्यामा नयाँ सङ्क्रमित थपिएका छन् ।

थपिनेमा पिसिआर परिक्षणबाट ४९ जना र एन्टिजिन परिक्षणबाट ३५ जना रहेका छन् । पिसिआर परिक्षण बिधिबाट थपिनेमा भरतपुर महानगरपालिकाका ३६ जना, खैरहन्ी नगरपालिकाका १ जना, रत्ननगर नगरपालिकाका ६ जना, राप्तीमा ३ जना, कालिकामा २ जना र इच्छाकामना गाउँपालिकामा १ जना नयाँ सङ्क्रमित थपिएका हुन ।

एन्टिजिन परिक्षण बिधिबाट भरतपुरर महानगरमा ६ जना, खैरहनी नगरपालिकामा ७ जना, माडी नगरपालिकामा ३ जना, रत्ननगर नगरपालिकामा ४ जना, राप्ती नगरपालिकामा ५ जना, कालिका नगरपालिकामा १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो संगै जिल्लामा सक्रिय सङ्क्रमितको संख्या १ हजार २ सय ९१ पुगेको छ । जस मध्ये ३८ जना सार्वजनिक आईसोलेसनमा, १ सय १० जना अस्पतालमा र १ हजार १ सय ४३ जना होम आइसोलेसनमा रहेका छन् ।

जिल्लामा हाल सम्म कोरोना सङ्क्रमितको संख्या १५ हजार २ सय ७० पुगेको छ । जस मध्ये १३ हजार ७ सय १८ जना निको भएर घर फर्किएका छन् । कार्यालयकी जनस्वास्थ्य अधिकृत पुष्पाञ्जली ढकालका अनुसार पछिल्लो २४ घण्टामा ४ जना जिल्ला बासिको मृत्यु भएको छ । हाल सम्म कोरोना सङ्क्रमणका कारण २ सय ६१ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस !