चितवन, : भरतपुर अस्पतालमा कोरोना कहरका कारण वन्द गरिएको बहिरंग (ओपिडि) सेवा आईतबारबाट सुरु हुने भएको छ ।
अस्पतालले आज एक सूचना जारी गर्दै कोरोनाका कारण वन्द गरिएको ओपिडि सेवा आईतबार बिहान बाट सूचारु हुने जनाएको हो । अस्पतालका प्रमुख मेडीकल सुपरिटेण्डेन्ट डा. रोशन न्यौपानेका अनुसार बिहान ९ वजे देखि ११ः३० वजे सम्म बिरामीको नाम दर्ता गरिने छ ।
ओपिडि सेवा भने विहान १० वजेबाट मात्र सुरु गरीने सूचनामा उल्लेख गरिएको छ । कोरोना कहरका कारण स्थानिय प्रशासनले जारी गरेको निषेधाज्ञाका कारण बन्द गरिएको ओपिडि अस्पतालका बिभागिय प्रमुखहरुको बैठकले सञ्चालन गर्ने निर्णय गरेको हो ।