चितवनः यहाँ रहेर क्षयरोगको क्षेत्रमा काम गर्दै आइरहेको बिराट नेपाल मेडिकल ट्रष्टले स्वास्थ्य कार्यालय चितवनलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । ट्रष्टको सस्टेन्ट फेज टु कार्यक्रमका निर्देशक पुस्करराज पौडेलले स्वास्थ्य कार्यालय प्रमुख दिपक तिवारीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको हो ।

ट्रष्टले पुनः प्रयोग गर्न सकीने पिपिइ १ सय ५० थान, सर्जिकल माक्स ७० पोका, सर्जिकल पन्जा ५ सय थान, केएन ९५ माक्स ५ सय पिस, फेस सिल्ड ५ सय पिस, सेनिटाइजर ५ सय बोटल र अक्सिमिटर ३५ थान हस्तान्तरण गरेको छ । यस संगै क्षयरोगका एक सय जना बिरामीलाई सरसफाइका लागि किट सेट हस्तान्तरण गरीएको छ ।
जिल्लामा रहेका सात पालिकालाई आबश्यक स्वास्थ्य सामाग्री स्वास्थ्य कार्यालय मार्फत हस्तान्तरण गरिएको हो । पहिलो चरणको कोरोना सङ्क्रमणको समयमा क्षयरोगका बिरामीलाई राहत बितरण गरेको सो संस्थाले यस वर्ष चितवन सहित सात जिल्लामा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । मोरङ्, महोत्तरी, मकवानपुर, चितवन, बाँके, वर्दीया र प्यूठानमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको उहाँले जानकारी दिनुभयो ।
बगमती प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक रमेश अधिकारीको उपस्थितिमा रु ६ लाख वरावरको स्वास्थ्य सामाग्री सहयोग गरिएको हो । सो अबसरमा स्वास्थ्य कार्यालयको प्रयोगशाला, शिवनगर स्वास्थ्य केन्द्र र बकुलहर रत्ननगर अस्पतालमा ल्याब असिस्टेन्ट सहयोग गर्दै आएको जानकारी गराईएको थियो ।
हस्तान्तरण समारोहमा बोल्दै अधिकारीले स्वास्थ्य संस्थालाई सहयोग हस्तान्तरण गर्दा एकद्धार प्रणालीबाट गर्नु पर्ने बताउनुभयो । सामाग्री हसतान्तरण पछि कार्यालयका प्रमुख तिवारीले आँफुहरुलाई प्राप्त सामाग्री आबश्यकता अनुसार स्थानिय तहहरुलाई प्रदान गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !