
काठमाडौं, : कन्टेनर गाडीमा रहेको १४३.३ किलोग्राम अवैध लागूऔषध गाँजासहित हेटौंडाबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–११ थानाभञ्ज्याङमा ना १ ख ९९१० नम्बरको कन्टेनर गाडीमा रहेको उक्त परिमाणको गाँजासहित तीन जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा गाडी चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–५ सिगार्सेका २८ वर्षीय सनकबहादुर तामाङ, गाडीका सहचालक सोही नगरपालिका–८ मानेश्वराका २४ वर्षीय सोमे तामाङ र गाडीमा सवार मकवानपुर राक्सिराङ गाउँपालिका–१ गल्छराङका १८ वर्षीय किशोर रहेका छन् ।