
गुल्मी, : अविरल वर्षाका कारण पर्वततर्फबाट बगेर आउने सेतीखोलाको बाढीले गुल्मी, स्याङ्जा र पर्वत जिल्लाको संगमस्थल सेतीवेणी बजार डुबानमा परेको छ ।
विश्वकै ठुलो शालिग्राम भएको स्याङ्गजातर्फको सेतीवेणी बजार र मन्दिर क्षेत्र समेत डुबानमा परेको छिमेकी तथा गुल्मीको कालिगण्डकी गाउँपालिका–२ अर्वेनीका वडाध्यक्ष देविप्रसाद न्यौपानेले जानकारी दिए ।
मंगलबार विहान ४ बजेदेखि कालिगण्डकी नदीमा मिसिने सेतीखोला बढेर आएपछि छेउका मन्दिर सहित १८ घर डुबानमा परेको उनले बताए । त्यहाँका प्रभावितलाई सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष न्यौपानेले बताए ।
स्थानीयका अनुसार कालिगण्डकीको पानीको सतह २८ बर्ष यताकै उच्च विन्दुमा पुगेको छ । जसका कारण पवित्र शालिग्राम–शिला र शालिग्र्राम क्षेत्रका सत्तल लगायतका सबै संरचनाहरु डुबाएको छ ।
सेतीवेणी बजारको उत्तर र पूर्व पर्वतको विहादी गाउँपालिका– ६ मा पर्दछ । वल्लो भेग दक्षिण र पुर्व स्याङ्गजाको गलेङ्ग नगरपालिका ५ र पश्चिम कालिगण्डकी नदि किनार गुल्मीको गाउँपालिका २ अर्वेनी पर्दछ ।