पोखराः वहुमतको दम्ब देखाउँदै आएको नेकपा एमालेलाई गण्डकी प्रदेशमा ठूलो झड्का लागेको छ । बहुमत पुग्ने स्थितिमा पनि नेमपा एमालेले आफ्नो सरकार गण्डकी प्रदेशमा गुमाएको छ । फल स्वरुप गण्डकी प्रदेशको मुख्य मन्त्रीमा नेपाली काँग्रेसका कृष्ण चन्द्र नेपाली मुख्य मन्त्री वन्नुभएको छ ।
गण्डकी प्रदेशको मुख्यमन्त्री नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज सपथ लिनु भएको छ । नब नियुक्त मुख्यमन्त्री पोखरेलसहित अन्य ४ जना मन्त्रीलाई पनि आज साँझ प्रदेश प्रमुख सीताकुमारी पौडेलले सपथ खुवाएकी हुन् ।

मन्त्रीमा काँग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङले सपथ लिएका हुन् ।

मुख्यमन्त्री पोखरेलले यही असार १ गतेभित्र बजेट ल्याउनु पर्ने बाध्यकारी कानुनी व्यवस्थाका कारण तत्काललाई सानो मन्त्रिमण्डल बनाएको बुझिएको छ । उहाँ आफूलाई समर्थन गर्ने दलबाट एक–एक जनालाई मन्त्री बनाएर बजेट ल्याउने गरी अगाडी बढेका हुन् ।

प्रतिक्रिया दिनुहोस !