
भोजपुर, : षडानन्द नगरपालिकामा सञ्चालित अस्थायी कोभिड अस्पताललाई वडा कार्यालयका कर्मचारीले सहयोग सङ्कलन गरी विविध सामाग्री हस्तान्तरण गरेका छन् ।
अस्पताललाई पाँच शय्या, दुई व्हीलचेयर, २५ पिपिइसेट र एडल्ट डायपर १०० थान अस्पताललाई कर्मचारीले सहयोग गरेका हुन् । कर्मचारीले एक लाख ५१ हजार रकम सङ्कलन गरेर स्वास्थ्य सामग्री खरिद गरेर अस्पताललाई बुझाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश विक्रम बस्नेतले जानकारी दिनुभयो ।
उहाँले अस्पतालमा आएका बिरामीलाई भुईमा राख्ने अवस्था नआओस भनेर शय्यासहितका सामाग्री दिइएको बताउनुभयो । नगरप्रमुख वीरवल राईले कर्मचारीहरुले आफ्नो तलब कट्टा गरेर अस्पताललाई सहयोग गर्नु स्वागतयोग्य काम रहेको बताउनुभयो ।