
चितवनः पूर्बी चितवनको कालिका नगरपालिकामा गैंडाको खाग भेटिएको छ । डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार आज विहान स्थानीयले खाग वेवारिसे अबस्थामा भेटे पछि कार्यालयमा खवर गरेका थिए ।
कालिका नगरपालिका वडा नम्बर १ को चतुर्मुखि सामुदायिक वनको संरक्षित वन क्षेत्रमा ८ दशमलब ५ इन्च लामो ४ सय ४५ ग्रामको खाग भेटिएको हो । भेटिएको खागलाई सुरक्षित रुपमा वन कार्यालयमा ल्याईएको छ । सामुदायिक वनका प्रतिनिधि र वन कार्यालयका प्रतिनिधिको रोहोवरमा मुचुल्का उठाई खाग ल्याइएको र सो खागलाई आजै चितवन राष्ट्रिय निकुञ्जमा पठाइने उहाँले जानकारी दिनुभयो । गैंडा एक आपसमा जुधेर खाग भाँचिएको हुन सक्ने अनुमान कार्यालयले गरेको छ । खानलले भन्नुभयो “गैंडा एक आपसमा जुधेर खाग भाँचिएको अनुमान गरेका छौ । खागमा मखिया लागेको छ ।” खाग भाँचिए पछि घाईते भएको गैंडाको खोजी कार्य सुरु गरिएको र घटनको अनुसन्धान अघि वढाइएको उहाँले जानकारी दिनुभयो ।