चितवनः भरतपुर महानगरपालिका वडा नम्बर २२ धनौजीमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको गाडी दुर्घटना भएको छ । कार्यालयको वा २ झ २१०१ नम्बरको गाडी दुर्घटनामा परेको हो ।
बाटुली पोखरीको निरिक्षणका लागि जाँदै गर्दा कार्यक्रमका चितवन प्रमुख रामहरी पन्त सवारी गाडी धनौजी घोलमा रहेको कल्वडमा ठोक्कर खाँदा दुर्घटना भएको हो । कल्वडमा ठक्कर खाई गाडी सडकबाट केही तल खसेको छ । गाडीमा सबार पन्त सहित अर्का एक जनाको अबस्था भने सामान्य रहेको छ । दुर्घटना आज दिउँसो २ः५० वजे भएको हो ।