एमाले संस्थापनको स्थायी समिति बैठक अनिश्चितकालका लागि स्थगित,

काठमाडौँ, :  नेकपा एमाले संस्थापन पक्षको स्थायी समिति बैठक अनिश्चित कालका लागि स्थगित भएको छ । बिहीबार बेलुका चार बजेलाई बोलाएको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

यसअघि बुधबारको बैठक बिहीबारलाई सारिएको थियो ।

एमालेमा चर्केको अन्तरसंघर्ष र नेताहरुको कारवाहीबारे सम्वाद चलिरहेकाले बैठक स्थगित भएको अध्यक्ष ओली निकटका एक नेताले जानकारी दिए । आजै एमाले माधव नेपाल समुहको केन्द्रीय समितिको भर्चुअल बैठक बसिरहेको छ । बैठकमा नेताहरु गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल र योगेश भट्टराई पनि सहभागी छन् ।

उनीहरु चारै जनाले ओली पक्षका नेताहरुसँग अनौपचारिक छलफल गरिरहेका छन् । जुन विषयको माधव समुहमा आलोचना भइरहेको छ ।

अयोध्यामिडिया द्धारा संञ्चालित क्लिक खवर
अध्यक्षः सनद अधिकारी
प्रबन्धनिर्देशकः प्रस्ताब सुवेदी
र सम्पादक नारायण काफ्ले
बिज्ञापनका लागि सम्पर्कः ९८५५०५४१३५
Copyright © 2020 - www.clickkhabar.com | Powered by: Namuna Computer