
प्रदिप पोैडेल
अमेरिकाः आगामी मे को अन्तिम साता हुन गईरहेको ,नयां कार्यकाल २१–२२ का लागि गैर आवासिय नेपाली हरुको साझा संस्था एन आर एन ए अमेरिकाको निर्वाचनले अमेरिकि नेपालीहरु विच उत्साह र वहस तातो वनाएको छ। चाहे अनलाइन मिडिया होस् वा सामाजिक संजाल वा भिन्न भिन्न कार्यक्रम हरुका विच ४०० भन्दा वढि आकांक्षिहरु भिन्न भिन्न पदहरुमा आफ्नो दावि पेश गरि सक्नु भएको छ। ५ अध्यक्ष का आकांक्षि सहित आफ्ना एजेन्डा र साना ठुला सहयोगी साथिहरुका विच भिन्न भिन्न शहरहरुमा आफ्नो एजेन्डा र योजना सहित मैदानमा उत्रनुभएको छ।
प्रजातान्त्रिक ब्यबस्थामा एकै विचार र नेतृत्वलाई सबैले स्विकार गर्न सहज वनाउने माध्यम भनेकै निर्वाचन हो। निर्वाचनमा जुन नेतृत्वमा धेरै जना ले स्वकृति दिन्छन् ,उसैलाई सबैले स्विकार गर्नु धर्मपनि हो। नेपाली समाज पनि यश प्रकृयावाट बिस्तारै अभ्यस्त हुँदै गएको देखिन्छ । हुनत लामो प्रजातान्त्रिक अभ्यास भएको अमेरिका र भारत जस्ता देश हरुमा पनि समय सापेक्ष केही कमि कमजोरि र नयां अभ्यासहरु अवलम्बन गरिरहेको हामी देख्दछौ । गैर नाफामुलक नेपाली हरुको साझा संस्था ,तेसमाथि पनि संसार कै सबैभन्दा धेरै सदस्य रहेको यश संस्थामा आबद्ध र एक दशक पनि ननाघेको संस्थामा कमिकमजोरि नरहनु कल्पना भन्दा बाहिरको कुरा हो। नोवेल पुरस्कार जस्तो शताब्दी लामो ईतिहास वोकेको गैरनाफामुलक संस्थाले पनि वेला बखत विधा थपघट र दिइएको पुरस्कार फिर्ता सम्मका कदमहरु उठाउने गरेको पाईन्छ भने हामिले पनि पाठ सिक्दै अगाडि वढ्नुको विकल्प छैन।
आसन्न २ वर्षको कार्यकालका लागि हुने निर्वाचनले नेपाली हरुको स्वभाव र नेतृत्व प्रकृयामा परिस्कृत अभ्यासको आभास देखाएको छ र संभावना पनि। यश पटक को निर्वाचनमा महिला मतदाता अनुमानित २८ प्रतिशत रहेका छन् र महिला को उत्साहजनक उमेदवारि परिवर्तन को लक्षण हो । यसैमा विगत भन्दा धेरै युवाहरुमा वढेको चासो र उमेदवारि लाई सकारात्मक रुपमा लिनु पर्दछ। यसपटकको निर्वाचनमा विगत जस्तो कुनै विचार समूह वा नेपालमा रहेको पार्टी गत वैचारिक समूह जस्तै देखिने गरि समूह को निर्माण नहुने प्राय निश्चित छ जुन नेपाली विच विभाजनको अर्को कारक तत्व मानिएको थियो। हुनत कानुनत कुनै विचार समूह वा धार्मिक समूहका नाममा समूह वनाउन नपाईने विधानमा स्पस्ट लेखिएको भएता पनि ,व्यवहारमा कुनै न कुनै समूह स्पस्ट देखिदै आएको विगतको परंपरा यसपटक दृश्य प्राय छैन। यस पटक विगत मा जस्तो उमेदवार लाई गालि वा ब्यक्तिगत टीका टिप्पणी गर्ने परंपरागत शैली पनि परिवर्तन भएको छ, केहि सालोैं साल नकारात्मक टिप्पणी गर्ने सामाजिक संजाल प्रयोग कर्ता वाहेक उमेदवार हरु ले ब्यक्तिगत टीका टिप्पणी गरेका छैनन् । अमेरिकामा बसोवास गर्ने धेरै नेपाली सचेत नै छन् र विगत मा ब्यक्तिगत टिप्पणी गर्ने हरुका विरुद्ध मा जनमत तयार भएका ले गर्दा सो आँफुलाई प्रत्युत्पादक हुने निश्चित प्राय रहेकाले सबै ले सो वाट वच्न कोसिस गरेको देखिन्छ तर ब्यक्तिगत टीका टिप्पणी गर्ने वानि परेका औंलामा गन्न सकिने केही सामाजिक संजाल प्रयोग कर्ता सबैले चिनिसकेकाले तेसको खास महत्त्व नहुने देखिन्छ । यसपटकका नेतृत्व आकांक्षिहरुमा एजेन्डा पनि समानता देखिन आएकोले ,आकांक्षिको क्षमता, उसले दिन सक्ने समय , अनुभव , कार्यशैली र ब्यक्तिगत आचरण र ब्यवहारलाई मतदाताले मुल्यांकन गर्ने आंकलन गरिएको छ, विगत मा नेतृत्वमा पकड र यो पद पछि मेरो पालो वा म नै हुनुपर्छ भन्ने हुकुमि भासा लाई मतदाता ले मुल्यांकन गर्ने देखिन्छ । ३ लाख वढि अनुमानित वसोवास रहेको भन्ने समाजमा भिन्न क्षमता र नेतृत्व अब्वलता हुनु नोैलो होईन, कोहि फ्रन्ट मा अउन चाहाने कोहि नचाहाने स्वभाविक हो तर न्यून मतदाता भएपनि सबै को राय सामाजिक संजालमा देख्दा परंपरागत नेतृत्वमा भन्दा करिस्मेटिक नेतृत्वमा विस्वास गर्ने गरेको यदाकदा देखिन आउछ।
५० राज्य र विशाल भुगोल ओघटेको अमेरिका मा चुनाव गर्नु एक खर्चिलो प्रकृया पनि हो हरेक उमेदवार हरेक राज्यमा पुग्न १ दिन १ राज्य राखेपनि ५० दिन र यात्रा र खानपान असंभव प्राय हो, उमेदवार आकांक्षि मात्रै हैन मतदाताले नै यसमा वन्देज लगाउनुपर्ने देखिन्छ । कुनै लोकप्रिय उमेदवारसंग जोडिन जान चाहाने लर्को र उपस्थितिले स्थानिय स्तरमा ब्यबस्थापन गर्न कठिन भएको भन्ने पनि सुनिन्छ । हुन त अभियानमा जोडिन आउनेहरु सबैले आफ्नो हवाई टिकट र होटल को खर्च आफैनै ब्यहोर्दै आएको भएपनि ठूलो संख्यामा उपस्थित जमात लाई कार्यक्रम स्थल र एअरपोर्ट रिसिभ गर्न पनि कतिपय अबस्थामा हम्मेहम्मे परेको गुनासो आउने गरेको छ, सानो समूहका लागि तुलनात्मक यो जटिलता कम हुन्छ। कतिपय उमेदवारले आँफु अभियानको क्रममा रहदां सो भेगमा रहेका रास्टिय आकांक्षिलाई पक्ष विपक्ष जे भएपनि निमन्त्रणा दिने र आफ्ना कुरा राख्न समय उपलब्ध गराउने गरेका छन् तर कुनै शंकिर्ण सोच र सानो झुन्डमा र आफ्नै वाहवाहिमा रमाउनेहरु पनि रहनाले भिन्न भिन्न समूह हरुको उपस्थिति सानो वा ठूलो देखिदै आएको छ।
विगत का सानो तिनो गल्ती र कमजोरि वाट नै सुधार र परिवर्तन हुने कुरामा दुईमत छैन, सक्षम मानिस र विज्ञ धेरै होलान् ,तर नेतृत्व आकांक्षि वाट नै खोज्ने हो१ राम्रा सबै होलान् त्यो मध्ये वाटै तुलनात्मक राम्रो खोज्ने हो, हामी सबैका ईतिहास ,परिश्रम,कथामा कहिं न कहि समानता छन् एकै स्थानमा उभिदा पनि सुर्यको गति अनुसार छांयाको उचाई र स्वरुप फरक देखिन्छ, तेसैले यो एनआरएन ले सबैलाई एक सुत्रमा वाध्न सकोस्, निर्वाचन फेरि पनि आउँछ , सबैको सक्रियता र विज्ञता यश संस्थालाई निरंतर चाहिन्छ ,विजेतामा उमंग र उपविजेतामा नैरास्यता हुन जरुरि छैन,एक आपसमा हिलो छ्याप्नेलाई सबैले चिन्ने हुनाले सकभर वचेर निरंतर क्रियासिलता र सबैमा विजयको शुभकामना टक्राउन चाहान्छु। यात्रा जारि छ।
जय नेपाल। जय एनआरएन
प्रदिप पौडेल
उमेदवार वोर्ड अफ डाईरेक्टर २१–२३ अमेरिका