
काठमाडौँ : कोरोना संक्रमणका कारण बागमती प्रदेशमा हालसम्म २ हजार २ सय ८७ जनाले ज्यान गुमाइसकेका छन् ।पछिल्लो २४ घण्टामा मात्र बागमती प्रदेशमा कोरोना संक्रमण कारण २३ जनाको मृत्यु भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार मृत्यु हुनेमा ११ जना महिला र १२ जना पुरुष रहेका छन् ।
संक्रमणका कारण प्रदेशका १३ जिल्लामध्ये काठमाडौंमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको मन्त्रालयको तथ्याङ्क रहेको छ ।काठमाडौंमा मात्र संक्रमणका कारण ९ जनाले ज्यान गुमाएका छन् भने ललितपुरमा ६ जनाको मृत्यु भएको छ ।त्यस्तै संक्रमणबाट काभ्रेमा ३ जना, रामेछापमा २ जना, मकवानपुर, नुवाकोट र सिन्धुपाल्चोकमा १र१ जनाको मृत्यु भएको छ
बागमती प्रदेशमा सक्रिय संक्रमितको संख्या ५४ हजार २ सय ९३ जना रहेको मन्त्रालयले जनाएको छ ।