
काठमाडौं, ११ जेठ । सर्वोच्च अदालतले प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच मध्यरातमा भेटघाट भएको जस्ता अतिरञ्जित र दुराशययुक्त भ्रामक प्रकाशन गरेकाे भन्दै ध्यानाकर्षण भएकाे जनाएकाे छ।
अदालतले यस्ता भ्रमपूर्ण कपोलकल्पित समाचारको भ्रममा नपर्न समेत आग्रह गरेको छ । न्यायपालिकाको मर्यादा र गरिमामा आँच आउने किसिमबाट प्रकाशित भएका तथ्यहीन, कपोलकल्पित र भ्रामक समाचार सच्याउन सम्बन्धित पक्षको ध्यानाकर्षण समेत गराइएको छ।