चितवनः चितवनमा मूल घर भएर अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुको संस्था चितवन समाज अष्ट्रेलियाले भरतपुर अस्पताललाई अक्सिजन ग्यास सहयोग गरेको छ । समाजले अष्ट्रेलियाबाट अक्सिजन ग्यास उद्योगलाई रकम पठाएर धरौटी राखि ठूलो १० थान अक्सिजन सिलिण्डर भरतपुर अस्पताललाई उपलव्ध गराएको हो ।
ओमसञ्जीवनी अक्सिजन सप्लायर्सका सञ्चालक निरञ्जन न्यौपानेले आज ती सिलिण्डर भरतपुर अस्पताल बिकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी र निमित्त मेडीकल सुपरिटेण्डेन्ट डा. जगन्नाथ तिवारीलार्य हस्तान्तरण गर्नु भएको हो । सो अबसरमा अधिकारीले समाजका अध्यक्ष पूर्ण घिमिरेले अस्पताललाई थप सहयोग गर्ने आश्वासन समेत दिएको जानकारी गराउनु भयो ।
प्रबासमा रहेर पनि जिल्ला प्रतिको मायाँको उहाँले प्रशंशा गर्नु भयो । कार्यक्रममा तिवारीले भन्नुभयो “हामीलाई यहाँ अक्सिजनको हाँहाँकार छ । तत्काल यसलाई जोडेर बिरामीलाई अक्सिजन दिनु पर्ने बाध्यता रहेको छ ।” अक्सिजन सिलिण्डर हस्तान्तरण समारोहमा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारी, सल्लाहाकार तिलकराम रिमाल लगाएतको उपस्थिति रहेको थियो ।

घिमिरेको अध्यक्षतामा रहेको समाजले संस्थाका संरक्षक केशब प्रसाद सापकोटाको संयोजकत्वमा स्वयम घिमिरे, बिकास वर्ताैला, सिता सुवेदी र श्यामसुन्दर गिरि सदस्य रहेको आर्थिक संकलन समिति वनाएर सहयोग जुटाएको हो ।
घिमिरेले संकलित रकम चितवन जिल्लामा मानविय कल्याणको काममा सहयोग गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !