चितवन, : चितवन सहित देशभर नयाँ भेरियन्टसहित कोरोना भाइरस दोस्रो लहरमा तीव्ररुपमा फैलिरएको छ ।

चितवनमा पछिल्लो २४ घण्टामा २२१ जना कोरोना सङ्क्रमित थपिएका छन् । बिहीबार २०२ जनामा देखिएको सङ्क्रमण आज २२१ जनामा देखिएको हो । अघिल्लो दिनको तुलनामा आज १९ जना बढी सङ्क्रमित थपिएका छन् । बुधबार २५५ जनामा देखिएको कोरोना सङ्क्रमण बिहीबार २०२ जनामा पुष्टि भएको हो । यो अघिल्लो दिनको तुलनामा ५३ ले कमी हो ।

जिल्लाका विभिन्न अस्पतालमा गरिएको पीसीआर र एन्टिजिन परीक्षणका क्रममा चितवनमा २२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । पिसीआर परीक्षणबाट २१८ तथा एन्टिजिन परीक्षणबाट ३ जना गरी २२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

त्यस्तै कोरोना भाइरसका कारण चितवनका २ जना सङ्क्रमितले ज्यान गुमाएका स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले जानकारी दिए । पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितमध्ये भरतपुरमा १८१, रत्ननगरमा १८, खैरहनीमा ६, राप्तीमा ५, कालिकामा ८ तथा माडीमा २ जना रहेका छन् ।

चितवनमा हालसम्म सक्रिय कोरोना सङ्क्रमित सङ्ख्या एक हजार ९७७ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । सक्रिय सङ्क्रमितमध्ये १४० जना अस्पतालको आइसोलेसन तथा एक हजार ८३७ जना होम आइसोलेसनमा बसेका तिवारीले बताए । जिल्लामा ९ हजार ९० जना सङ्क्रमित पुग्दा ६ हजार ९८४ जना निको भएका तथा १२९ जना सङ्क्रमितको मृत्यु भएको तिवारीले बताए ।

हालसम्म भरतपुर महानगरपालिकामात्रै ६ हजार ७९९ जना सङ्क्रमित पुगेका छन् । त्यस्तै रत्ननगरमा ९५८, खैरहनीमा ४९१, राप्तीमा ३७२, कालिकामा २३७, माडीमा १८४ तथा इच्छाकामनामा ४९ जना सङ्क्रमित पुगेका तिवारीले जानकारी दिए । तिवारीकाअनुसार जिल्लामा सङ्क्रमितमध्ये पाँच हजार २३७ जना पुरुष तथा तीन हजार ८४८ जना महिला रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !