दाङः भारतीय नम्बर प्लेटको कारमा तीन बालकको शव फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका–६ स्याउली बजारमा रोकिराखेको कारभित्र तीन बालकको शव भेटिएको हो ।

इलाका प्रहरी कार्यालय तुल्सीपुरका अनुसार भारतीय जे ०१६६०८८५ नम्बरको निसान कारभित्र तीन बालकको शव भेटिएको हो । कार माघ महिनादेखि पार्किङमा राखिएको थियो ।

कसको गाडी त्यहाँ पार्किङ गरेको हो भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !