पौडेलको स्मृतिका तरङ्ग बजारमा

चितवनः पत्रकार वीरेन्द्रमणि पौडेलको स्मृतिका तरङ्ग नामक छैठौं कृति बजारमा आएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ७ कृष्णपुर निवासी पौडेलले समाजमा घटेका आँफुसंग सम्बन्धित घटनाहरुलाई जस्ताको तस्तै पुस्तकमा उतार्नु भएको छ ।

नारायणी टुडे राष्ट्रिय मासिक प्रकाशक रहेको यस कृति १ सय ६० पृष्ठको रहेको छ । पौडेलले भन्नुभयो “मैले पुस्तकमा ९० प्रतिशत जस्ताको तस्तै लेखेको छु । शत प्रतिशत लेख्दा सामाजिक संरचना खल्बलिने भएकाले पुरै लेख्न सकीन ।” चितवन जिल्लामा मात्र १० हजार पुस्तक बिक्रि गर्ने लक्ष्य रहेको पौडेलको भनाई छ ।

गलत दिशातर्फ गइरहेको नेपाली समाज ठिक वाटोमा ल्याउन यसले मद्वत गर्ने उहाँको भनाई छ । पुस्तकमा सामाजिक, आर्थीक र राजनैतिक बिषयलाई समेटिएको छ । साहीत्यकार डिआर पोख्रेलले यो संस्मरण निकै राम्रो यथार्थबादी रहेको बताउनुभयो ।आफ्नो र अरुको राम्रो, नराम्रो, छोटो छरीतो र मिठो तरीकले प्रस्तुत गरिएको छ ।

पौडेलको यस अघि समय प्रवाह, समय सन्दर्भ, समय चक्र, परिवेश र प्रबृति र लेख संग्रह प्रकाशित भइसकेका छन् । बिगत २६ वर्षदेखि निरन्तर पत्रकारिता संगै लेखन कार्यमा सक्रिय पौडेलले राष्ट्रिय र स्थानीय पत्रपत्रिकामा २ हजार ५ सय भन्दा वढि समसामयीक लेख लेखिसकेको बताउनुहुन्छ ।

अयोध्यामिडिया द्धारा संञ्चालित क्लिक खवर
अध्यक्षः सनद अधिकारी
प्रबन्धनिर्देशकः प्रस्ताब सुवेदी
र सम्पादक नारायण काफ्ले
बिज्ञापनका लागि सम्पर्कः ९८५५०५४१३५
Copyright © 2020 - www.clickkhabar.com | Powered by: Namuna Computer