
चितवनः भरतपुर महानगरपालिका स्थायी घर भई हाल अमेरीका बसोबास गर्दै आउनु भएका प्रदिप पौडेलले एनआएनएन एनसिसिको निर्वाचनमा वोर्ड अफ डाइरेक्टर (केन्द्रिय सदस्य) पदमा उम्मेदवारी दिनु भएको छ । गैर आबासिय राष्ट्रिय समन्वय परिषदमा २० हजार भन्दा वढिले मतदान गर्ने सो निर्वाचनमा पौडेलले आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको हो । निर्वाचनका लागि राज्य स्तर र केन्द्रिय स्तरमा गरि चार सय भन्दा वढि उम्मेदवार रहेका छन् ।
लामो समय प्रध्यापन क्षेत्रमा बिताउनु भएका पौडेल रणनीतिकार , अन्तराष्ट्रिय व्यापार, राजनिती र बिकास बिध हुनुहुन्छ । कानुन र शिक्षा बिषयमा स्नातक, व्यवस्थापनमा स्नातकात्तर गर्नु भएका उहाँ नेपालमा रहँदा प्रजातन्त्रवादी प्राध्यापक संको केन्द्रिय प्रतिनिधि, पव्लिक कलेज संघ चितवन प्रध्यापक संघको एकाइ सभापति, प्रजातान्त्रीक बिचार समाज, शानित समाज, रेडक्रस,नेपाल जेसिस, लायन्स क्लब, क्षयरोग निवारण संस्था लगाएतका सामाजिक संस्थामा रही काम गरिसक्नु भएकाके छ ।
अमेरिकाको स्टेयर युनिर्भसिटी वासिङ्टन डिसिवाट व्यवस्थापनमा स्नातकोत्तर गर्नुभएका पोडेल सन २०२१ देखि २०२३ सम्मका लागि समन्वय परिषदको केन्द्रिय सदस्यमा उम्मेदवारी दिनुभएको हो । जहाँ १२ पदका लागि चार दर्जन उम्मेदवार मैदानमा रहेका छन् ।