चितवन : चितवनमा तत्काल निषेधाज्ञा नहुने भएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जिल्लामा तत्काल नै निषेधाज्ञा नहुने बताए । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) ले शहरी क्षेत्रमा ५०० संक्रिय संक्रमित पुगे निषेधाज्ञा गर्न सिफारिस गरे गरेको थियो । तर चितवनमा अहिले निषेधाज्ञा भन्दा पनि अन्य सचेतना अभियानमा जोड दिइने उनले बताए ।

कोभिड १९ संक्रमणको जोखिमलाई मध्ये नजर गर्दै चितवनमा गत वर्ष सञ्चालित सबै आइसोलेसन पुन: सञ्चालन गरिने भएको छ ।

बैठकले भरतपुर महानगरमा कम्तिमा २ सय क्षमताको अक्सिजनसहितको आइसोलेसन वार्ड तयार गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए । यस्तै अन्य पालिकाहरुमा कम्तिमा २०-२० क्षमताको अक्सिजनसहितको आइसोलेसन वार्ड तयार पारिन उनले बताए । यस्तै आत्यवश्यक काम बाहेक घर बाहिर ननिस्कन जिल्ला डीसिसिएमसीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस !