चितवनः कोरोना भाइरस (कोभिड–१९)को कहर वढिरहेको समयमा सरकारले एक किसिमको मापदण्ड तयार गरि लागु गरेको छ । तर त्यही मापदण्ड सरकारी निकायहरुलेनै उल्लंघन गर्दै आएका छन् । केही दिन अघि चैते दशैंको समयमा माडीमा सरकारको संस्कृति, पर्यटन तथा नागरीक उड्ययन मन्त्रालयले तामझामका साथ राम, सिता, लक्ष्मण र हनुमानको मूर्ती राखियो । बैशाख ८ गते पर्यटन मन्त्री भानुभक्त ढकालको उपस्थितिमा भएको कार्यक्रमबाट नै सरकारले गरेको निर्णय सरकारबाटै उल्लंघन हुन थालेको स्पष्ट थियो ।

अहिले फेरी प्रधानमन्त्री कुलपति रहेको चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयले दिक्षान्त समारोहको बहनामा सरकारको निर्णय उल्लंघनको तयारी गरेको छ । विश्वविद्यालयले यही बैंशाख १४ गते प्रधानमन्त्री, र शिक्षा मन्त्रीको उपस्थितिमा दिक्षान्त समारोह गर्न लागेको जनाएको छ । कोरोना कहरका कारण वैशाख ६ गते बसेको मन्त्री परिषदको निर्णयले कुनै पनि कार्यक्रममा २५ जना भन्दा वढि सहभागी हुन नपाउने जनाएको छ । सामाजिक दुरी कायम गर्दै गर्नु पर्ने ती कार्यक्रमहरु गर्दा स्थानिय प्रशासन संग अनुमति लिनु पर्ने स्पष्ट जानकारी छ । मन्त्रीपरिषदको निर्णयमा ।

छिमेकी देश भारतमा कोरोना फैलीरहेको समयमा देशमा पनि फैलन सक्ने भन्दै उच्च साबधानी अपनाउनु पर्ने समयमा सरकारका बिभिन्न मातहतबाट हुने यस्ता कार्यक्रमहरुमा जिल्लामा रहेका सत्ताधारी दलका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहने गरेको छ । यसले गर्दा पनि कोरोनाको जोखिम वढ्दै गएको पाइन्छ । विश्वविदालयले गर्न लागेको दोस्रो दिक्षान्त समारोहमा बिभिन्न बिधामा सर्बाधिक अंक ल्याउने ४० जना बिद्यार्थी, २३ जना सिनेट सदस्य सहभागी हुने जनाइएको छ ।

विश्वबिद्यालयले ५ सय जना अट्ने क्षमताका सभाहलमा कार्यक्रम गर्ने जनाएको भए पनि प्रधानमन्त्री आउने भए पछि स्वभाबिक रुपमा मानविय भिड वढ्ने निश्चित छ । विश्वविद्यालयले भर्चुअल माध्यमबाट कार्यक्रम गर्ने जनाएको भए पनि जिल्लामा रहेका सो बिश्वबिदालयबाट अध्ययन पुरा गरेका बिद्यार्थीहरु पनि सहभागी हुने निश्चित छ । यसले गर्दा कोरोनाको संक्रमण वढ्ने देखिए पनि यसको रोकथाम तथर्फ स्थानीय प्रशाशनको ध्यान जान नसकेको देखिन्छ ।
कृषि तथा वन बिज्ञान विश्वविद्यालयको दिक्षान्त भर्चुअल माध्यमबाट
कृषि तथा वन बिज्ञान विश्वविद्यालयको दोस्रो दिक्षान्त समारोह भर्चुअल माध्यमबाट गरिने भएको छ । । यही वैशाख १४ गते गर्न लागिएको समारोहमा सम्मानीत हुने बिद्यार्थी, बिद्यावारिधिका र सिनेट सदस्य वाहेक अन्यको सहभागिता भर्चुअल माध्यमबाट हुने बिश्वबिद्यालयले जनाएको छ ।
विश्वविद्यालयले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरि बिभिन्न बिधामा पदक पाउने ४० बिद्यार्थी र सिनेट सदस्यहरु २३ जनाको भौतिक उपस्थिति हुने र अन्य दिक्षित हुने बिद्यार्थीहरुको सहभागिता भर्चुअल माध्यमबाट हुने जनाएको हो । विद्यालयका उपकुलपति प्रा.डा.पुण्यप्रसाद रेग्मीका अनुसार दोस्रो दिक्षान्त समारोहमा १ हजार २ सय ५७ जना बिद्यार्थी भर्चुअल माध्यमबाट सहभागी हुने छन् ।
स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहका विद्यार्थीहरुलाई दिक्षीत गरिने छ । स्नातक तहमा कृषि स्नातकबाट ५ सय १२ जना, वन विज्ञान स्नातकबाट २ सय २४ जना, पशु चिकित्सा स्नातकबाट १ सय ४० जना, मत्स्य विज्ञान स्नातकबाट ४४ जना सहभागी हुने छन् । यस्तै स्नातकोत्तर तहमा कृषिका २ सय २५ जना, जैबिक प्रबिधिका ६ जना, वन विज्ञानका १४ जना, पशु विज्ञानका ३२ जना, पशु चिकित्साका ३८ जना, मत्स्य विज्ञानका ७ जना सहभागी हुने उहाँले बताउनुभयो । यता बिद्यावारिधि तर्फ १५ जना बिदार्थी सहभागी हुने छन् ।
दिक्षान्त समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठ सहितका बिभिन्न व्यक्तित्वहरुको सहभागिता रहने विद्यालयकी रजिष्टार डा. शारदा थपलियाले जानकारी दिनुभयो । उहाँका अनुसार विश्वविद्यालयमा हाल ३ हजार ३ सय २३ जना बिद्यार्थी अध्ययनरत रहेका छन् ।
यस विश्वविद्यालयले नेपालको बिभिन्न स्थानमा रहेको ७ वटा कलेजलाई सम्बन्धन दिई पठनपाठन सञ्चालन गर्दै आएको छ । जस मध्ये ६ वटा कृषि संकायका र एउटा वन विज्ञान संकायको रहेको छ ।

प्रतिक्रिया दिनुहोस !