काठमाडौँ, : गत हप्तादेेिख बढीरहेको सुनको मूल्यले आफ्नो उचाइ कायम राख्दै गएको छ । आइतबार सुन तोलामा २०० रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला ९० हजार ७०० रुपैयाँ पुगेको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला ९० हजार ५०० रुपैयाँ कायम थियो । आज तेजावी सुन प्रतितोला ९० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।

आज चाँदी तोलाको १३ सय रुपैयाँ कायमा भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस !