चितवन– नेपाल कम्युनिष्ट पार्टी एमालेले चितवनका बिभिन्न पालिकामा नगर कमिटी पुर्नगठन गरेको छ । आज सम्पन्न छुट्ट छुट्टै भेलाले राप्ती, खैरनही र माडी नगरपालिकामा नगर कमिटी गठन गरेको हो ।

राप्तीमा सम्पन्न भेलाले सुमिता डल्लाकोटीको अध्यक्षतामा २०१ सदस्यीय नगर कमिटी गठन गरेको एमालेका जिल्ला अध्यक्ष तेजेन्द्रबहादुर खड्काले जानकारी दिए । कमिटीको उपाध्यक्षमा लेखनाथ बराल, सचिवमा शमसेर लामा, सहसचिवमा राजकुमार वर्तौला रहेका छन् ।

उता प्रकाश रुपाखेतीको अध्यक्षतामा १५१ सदस्यीय खैरहनी नगर कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा रत्नलाल घिसिङ, सचिवमा छत्रनाथ सुवेदी, सहसचिवमा सुन्दर मैनाली, नेत्र ढुङ्गाना र कृष्णप्रसाद पौडेल रहेका छन् ।

भेलामा प्रमुख अतिथि पार्टी स्थायी कमिटी सदस्य तथा पूर्व अर्थमन्त्री एवम् चितवन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य सुरेन्द्र पाण्डले वर्तमान राष्ट्रिय राजनीतिक अवस्था, पार्टी भित्रको विवादको मुख्य बिषय र नेपालको कम्युनिष्ट आन्दोलनको वर्तमान कार्यदिशाको वारेमा प्रशिक्षण दिएका थिए । भेलालाई पार्टी केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज कृष्ण खनाल र पार्टी जिल्ला कमिटी अध्यक्ष तेजेन्द्रबहादुर खड्का, सचिवालय सदस्यद्वय कृष्णराज लब्ली न्यौपाने र खोमकान्त रेग्मीले सम्बोधन गरेका थिए ।

यस्तै आज नै पुन: नारदमणी पौडेलको अध्यक्षतामा १०१ सदस्यीय माडी नगर कमिटी पुनर्गठन भएको छ । पुनर्गठित कमिटिको उपाध्यक्षमा शोभाकान्त पौडेल, महिला उपाध्यक्षमा कोपिला शिवाकोटी, सचिवमा मोहदत्त काफ्ले र सह सचिवमा रामेश्वर चौधरी रहेका छन् । माडी नगर भेलालाई प्रमुख अतिथि पाटी स्थायी कमिटी सदस्य डा। बिजय पौडेल, पार्टी केन्द्रीय सदस्य सूर्य लामिछाने र जिल्ला सचिवालय सदस्यहरु प्रेमराज तिमिल्सिना, रामजीप्रसाद सापकोटा लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

खैरहनी र माडीमा युवा संघ नेपाल नगर कमिटी गठन

नेकपा एमालेको आजै सम्पन्न अलग अलग भेलाले युवा संघ नेपाल खैरहनी नगर कमिटी र माडी नगर कमिटी समेत पुनर्गठन गरेको छ । भेलाले कुमार थापाको अध्यक्षतामा १५१ सदस्यीय युवा संघ नेपाल खैरहनी नगर कमिटी पुनर्गठन गरेको छ । कमिटीको उपाध्यक्षमा अशोक अधिकारी, लिलाराज गुरुङ रहेका छन् ।

यस्तै माडीमा गोविन्द भण्डारीको संयोजकत्वमामा १०१ सदस्यीय युवा संघ नेपाल माडी नगर कमिटी पुनर्गठन गरेको छ । कमिटीको सहसंयोजकमा मनोज महतो, किरण महतो, नन्दलाल महतो, गोविन्द महतो, बुद्धिसागर ढकाल, दिपक पौडेल, लक्ष्मण श्रेष्ठ र सन्तोष बिक, सचिवमा दुर्गाबहादु कार्की र सुमन अधिकारी तथा सह सचिवमा तारानाथ लामिछाने रहेका छन् ।

आजै अनेमसंघ माडी नगरको भेलाले कोपिला शिवाकोटीको संयोजकत्वमा लक्ष्मी पौडेल र गीता बिक उपसंयोजक, शोभा भुसाल सचिव र सर्मिला महतो सहसचिव रहेको १०१ सदस्यीय अनेमसंघ नगर कमिटी पुनर्गठन गरेको छ ।

वडा कमिटी पुनर्गठन

रत्ननगर १५ मा आजै सम्पन्न वडा भेलाले मदन भुजेलको अध्यक्षतामा राहिणीप्रसाद भट्ट उपाध्यक्ष, सविना न्यौपाने सचिव र निरप्रसाद न्यौपाने सहसचिव सहित ३९ सदस्यिय नेकपा (एमाले) वडा कमिटी पुनर्गठन गरेको छ । यस्तै विमला गुरुङको अध्यक्षतामा २३ सदस्यीय अनेमसंघ र रामहरी अधिकारीको अध्यक्षतामा ४३ सदस्यीय युवासंघ नेपाल वडा कमिटी पुनर्गठन गरेको छ ।

१८० जना युवा संघ नेपालमा प्रवेश

खैरहनी नगरपालिकाका १८० जना युवा संघ नेपालमा प्रवेश गरेका छन् । खैरहनीमा सम्पन्न भेलामा कुमार थापाको नेतृत्वमा तरुणदल सम्वद्ध १५० जना र अरुण प्रधानको नेतृत्वमा ३० जना वाइसिल सम्वद्ध युवाहरु युवा संघ नेपालमा प्रवेश गरेका हुन् । उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथि सुरेन्द्र पाण्डेले टीका र खादा लगाएर स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !