प्रधानमन्त्रीकोआक्रोशः सभामुखले काम गर्न दिएनन्

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठकमा सभामुखविरुद्ध आक्रोश पोख्नु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री ओलीले संसदमा सभामुख अग्निप्रसाद सापकोटाले काम गर्न नदिएको भन्दै आक्रोश पोख्नुभएको हो ।

सभामुखले काम गर्न नदिएको भन्दै वर्तमान संसदले राजनीतिक निकास नदिने प्रधानमन्त्रीले बताएको बैठकमा सहभागी राप्रपा नेता प्रकाशचन्द्र लोहनीले जानकारी दिनुभयो ।

“बैठकमा प्रधामन्त्रीले संसदमा सभामुखले अराजक र अनैतिक काम गरिरहेको भन्ने शब्द प्रयोग गर्नुभयो,” नेता लोहनीले भन्नुभयो, “कोरोना नियन्त्रणका विषयमा हामीले ६र७ बुँदामा सुझाव दियौं ।”

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता बालकृष्ण खाँड, विमलेन्द्र नीधि तथा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, जसपाबाट महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण, राप्रपाबाट प्रकाशचन्द्र लोहनी लगायत नेता सहभागी छन् ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल भने सहभागी छैनन् ।

अयोध्यामिडिया द्धारा संञ्चालित क्लिक खवर
अध्यक्षः सनद अधिकारी
प्रबन्धनिर्देशकः प्रस्ताब सुवेदी
र सम्पादक नारायण काफ्ले
बिज्ञापनका लागि सम्पर्कः ९८५५०५४१३५
Copyright © 2020 - www.clickkhabar.com | Powered by: Namuna Computer