काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिकूलताको बीच पनि सरकारले असाधारण काम गरेको बताउनुभएको छ ।
नयाँ वर्ष २०७८ को अवसरमा बुधबार देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो धारणा राख्नुभएको हो ।

केही भएन भनेर जनतामा निराशा बढाउने काम भएको भन्दै उहाँले आफ्नो नेतृत्वको सरकारले जनतामा आशा जगाउने काम गरेको बताउनुभयो । “हामीले समयलाई प्रतिकूलताका बीच पनि खेर जान दिएका छैनौं,” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रतिदिनमा पाँच किलोमिटर भन्दा बढी बाटो निर्माण गरिरहेको र एक दिनमा कम्तिमा १२ वटाको दरले आवास बनेको उहाँले जानकारी दिनुभयो ।

सामाजिक सुरक्षा भत्ता महिनाको एक सयबाट सुरु गरेको स्मरण गर्दै उनले त्यो भत्ता दिनको एक सयमा पुगेको बताउनुभयो । आउँदो बजेटमा सामाजिक सुरक्षा भत्ता वृद्धि गरिने उहाँले बताउनुभयो । करिब ६० लाख सामाजिक सुरक्षामा आवद्ध भएको जानकारी पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !