
चितवनः नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रिय राजनितीलाई स्थिर वनाउन नयाँ सरकार बन्नु पर्ने बताउनुभएको छ । आज यहाँ पत्रकारहरु संग कुराकानी गर्नुहुँदै उहाँले राजनैतिक अस्थिरता अन्त्य र देशको निकासका लागि नेपाली काङ्ग्रेस सरकारमा जानु पर्ने बताउनुभयो ।
राष्ट्रिय राजनितीमा संकट परेका बेला काङ्ग्रेसलेनै समाधान गरेको बताउँदै उहाँले भन्नुभयो “ यो संकटलाई समाधान गरेर जनताको अभिमत अनुसार अहिले हुन नसकेका काम हामीले गर्नु पर्छ ।” जनअपेक्षा अनुसार सरकारले काम गर्न नसकेको भन्दै उहाँले अब बन्ने सरकारले जनताको चाहना अनुसार काम गरेर निर्वाचन गर्नु पर्ने बताउनुभयो ।
फरक प्रसंगमा उहाँले काङ्ग्रेस सरकारमा जाँदैमा महाधिबेशन नरोकीने जिकिर गर्नुभयो । उहाँले थप्नुभयो “महाधिबेशन पार्टीलाई बैधानिकता राख्ने बिषय हो । यो समयमानै हुनु पर्छ ।”
महाधिबेशन समायमानै गर्नका लागि आबश्यक तयारीमा ढिलाई भएको उहाँको गुनासो थियो ।