
चितवनः भरतपुर महानगरपालिका वडा नम्बर २ निवासी रामप्रसाद भट्ट लायन्स क्लवस् इन्टरनेस्नल डिस्ट्रिक्ट ३२५ बि टुका गभर्नरमा निर्वाचित हुनु भएको छ । नेपालमा रहेका चार वटा डिस्ट्रिक्ट मध्येको बि टू सबैभन्दा ठूलो डिस्ट्रिक्ट हो ।
नेपालको काठमाडौं–बिरगञ्ज हुँदै सुदुरपश्चिम सम्मका झण्डै ५ सय क्लब यो डिस्ट्रिक्टमा रहेका छन् । लायन्स क्लब अफ वागेश्वरीका पूर्ब अध्यक्ष भट्ट शिक्षा, स्वास्थ्य, पर्यटन सहितका बिभिन्न उद्योगमा आबद्ध हुनुहुन्छ । नेपाल नेत्रज्योती संघ, क्यान्सर सेवा समाज, सुस्त मनस्थिति कल्याण संस्था, हृदयरोग निवारण जस्ता अग्रणी सामाजिक संस्थामा भट्टको योगदान रहेको छ ।
लायन्स यात्रामा २१ वर्ष देखि अनवरत रुपमा लागि रहनुभएका भट्टले आँफु निर्वाचित भए संगै सामाजिक यात्रामा थप शशक्त ढङ्गले अघि वढ्ने बताउनुभयो । उहाँले भन्नुभयो “लायन्स भिलेजको रुपमा गाउँगाउँमा सेवा बिस्तारमा लाग्ने छु ।” हामी सेवा गछौं भन्ने सेवा भावका साथ आँफुले आर्जन गरेको केही हिस्सा र आँफु संग भएको समयको व्यवस्थापन गर्दै समाज सेवामा जुट्ने उहाँको भनाई छ । आफ्नो एक वर्षे कार्यकालमा स्थानीय सरकारसंग समन्वय गर्दै व्यवसायीक प्रतिष्ठानसंग सहकार्य गरेर अघि वढ्ने भट्टले बताउनुभयो ।
मधुमेह, बच्चाको क्यान्सर, आँखा, बातावरण संरक्षण लगाएतका क्षेत्रमा बिश्वभर लायन्सले काम गर्दै छ । त्यसै अभियानलाई नेपालमा पनि महत्वका साथ काम गरिने उहाँको भनाई छ । फस्ट भाइस गभर्नर हुँदा भट्टले कोभिड १९ रोकथाम अभियानमा अग्रणी भूमिका निर्वाह गर्नु भएको भरतपुर अस्पताल बिकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले बताउनुभयो ।
नेपालमा लायन्सका ४५ हजार भन्दा वढि सदस्य रहेका छन् । देशभरीका क्लबलाई चार वटा डिस्ट्रिक्टमा बिभाजन गरिएको छ । डिस्ट्रिक्ट ३२५ बि टूका पूर्ब डिष्ट्रिक्ट गभर्नर प्रभात कुमार जोशी र राजकुमार श्रेष्ठले यस क्षेत्रमा लायन्स कर्मीहरु उर्जाशिल भएकै कारण गभर्नर पाउन सकेको बताउनुभयो । यस अघि जोशी, श्रेष्ठ संगैं चितवनका घनश्याम भट्टराई पनि यसै डिष्ट्रिक्टको गभर्नर हुनु भएको थियो ।
भट्ट जिल्लाको गभर्नर बन्ने चौथो व्यक्ति हुनु भएको छ । भट्टको कार्यकाल आउदो जुलाईबाट सुरु हुने छ । उहाँले आफ्नो टिममा क्याबिनेट सेक्रेटरीमा प्रभाकर पण्डीत र क्याबिनेट ट्रेजररमा नारायण प्रसाद शर्मालाई चयन गर्नु भएको छ ।