चितवनः नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाली काङ्ग्रेसको नेतृत्वमा सरकार वन्ने बताउनु भएकोछ । आज यहाँ पत्रकारहरुसंग कुराकानी गर्नुहुँदै उहाँले काङ्ग्रेस सभापति शेरवहादुर देउवाको नेतृत्वमा सरकार वन्ने बताउनुभएको हो ।
उहाँले भन्नुभयो “शेरवहादुर जी संसदीय दलको नेता हो । उहाँकै नेतृत्वमा सरकार वन्छ । यस बिषयमा अन्य दलहरुसंग छलफल जारी छ ।” जनता समाजबादी पाटीसंग सरकारको बिषयमा छलफल भईरहेको र केही दिनमानै टुङ्गो लाग्ने उहाँको भनाई थियो । उहाँले थप्नुभयो “जसपासंग छलफल भईरहेको छ । उहाँहरु पनि आन्तरिक छलफलमा हुनुहुन्छ ।” जसपाको निर्णय आए लगत्तै सरकार परिवर्तन हुने उहाँले बताउनुभयो ।
फरक प्रसंगमा बोल्दै उहाँले काङ्ग्रेसको महाधिबेशनलाई असर नगर्ने गरि सरकारमा जानु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो “समयमानै महाधिबेशन गर्नुपर्छ भन्ने हाम्रो धारणा हो । सरकारमा जाँदा असर गर्नु नपर्ने हो ।”






