
चितवनः पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट सुरु गरिएको गैंडा गणना आज सकिने भएको छ । पर्सा र चितवन राष्ट्रिय निकुञ्जलाई एउटा व्लक वनाएर चैत ९ गतेबाट गैंडा गणना थालिएको थियो ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार साँझ सम्म गणना सम्पन्न गरेर शनिबार दिउँसो नतिजा सार्बजनीक गरिदैं छ । उहाँले भन्नुभयो “ध्रुवे हात्तीले अबरोध पु¥याएको क्षेत्रमा आज गणना गरेर भोली नतिजा सार्बजनिक गर्दैछौं ।” बरालका अनु्सार गत आइतबार गणनाका क्रममा निकुञ्जको सेरिधजाह क्षेत्रमा जंगली ध्रुवे हात्तीले गणनाका क्रममा सात जना कर्मचारीलाई घाइते बनाएको थियो । ती मध्ये एक जनाको अबस्था गम्भिर रहेको छ । उनको अहिले पनि हेम्स अस्पताल काठमाडौंमा उपचार भइरहेको छ ।
बुधबार र बिहिबार ध्रुवेलाई धपाउने प्रयास गरिएको भए पनि सफल नभए पछि बिशेष तयारीका साथ आज गणना गरिएको उहाँले जानकारी दिनुभयो । हरेक ५÷५ वर्षमा गैंडा गणना गर्ने गरिन्छ । यस अघि सन २०१५ मा गैंडा गणना गरिएको थियो । निकुञ्जलाई विभिन्न ब्लक बनाएर प्राविधिकहरूले एक–एक गरी गैंडा गनेका छन् । गैंडाको संख्या, प्रजनन अवस्था, विचरण र आहाराको अवस्था थाहा पाउन हरेक ५–५ वर्षमा गैंडा गणना गरिदैं आएको हो । गणना पछि यसको अबस्था हेरेर व्यवस्थापनको काम गरिने छ ।
पछिल्लो पटक सन् २०१५ को गणनामा नेपालमा कुल ६ सय ४५ वटा गैंडा थिए । तथ्याङ्क अनुसार चितवनमा ६ सय ५, बर्दियामा २९, शुक्लाफाँटामा ८ र पर्सामा ३ गैंडा भेटिएका थिए ।
नेपालमा सन १९५० मा ८ सय, १९५५ मा ४ सय, १९६० मा ३ सय, १९६५ मा १ सय, १९७० मा १ सय ८, १९७५ मा १ सय ४७, १९८० मा ३ सय १०, १९८५ मा ३ सय १०, १९९० मा ३ सय ५८, १९९५ मा ४ सय ६६ रहेको बिभागको तथ्याङ्कमा उल्लेख छ । यसैगरि सन २००० मा ६ सय १२, २००५ मा ४ सय ९, २०१० मा ४ सय ३५ हुँदै पछिल्लो गणना सन २०१५ मा ६ सय ४५ पुगेको हो ।
यस वर्ष गणनामा ४० वटा हात्ती र दुई सय जना जनशक्ति परिचालन गरिएको छ । दुई निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका हात्ती गणनामा प्रयोग गरिएका छन् । कोशीमा दरवन्दी रहेर यहाँ रहेका हात्ती र मध्यवर्ती क्षेत्रमा केही निजी हात्तीलाई पनि गणनामा प्रयोग गरिएको थियो ।
बरालका अनुसार ४० जना मुख्य गणक र बैंकल्पिक २० जनालाई गणनामा खटाइएको छ । यसका अतिरिक्त हात्तीको दरवन्दीमा रहेका कर्मचारीहरु खटिएका छन् ।