चितवन, : नेपाल पत्रकार महासंघको निर्वाचन अन्तरगत आज आइतबार देशभरका जिल्ला कार्यसमितिका लागि उम्मेद्वारी दर्ता हुँदैछ ।

उम्मेद्वार मनोनयनका लागि विहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म समय तालिका रहेको महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले जानकारी दिए ।

उम्मेद्वारहरुको नामावली आजै साँझ ६ बजे प्रकाशन गरिने छ । उम्मेद्वार उपरको दावी विरोधको समय चैत २३ गते अपरान्ह १२ः३० बजेसम्मका लागि तोकिएको छ । यस्तै उम्मेद्वारहरुले आफ्नो उम्मेद्वारी फिर्ता लिन चाहे २३ गते दिउँसो २ बजेसम्मको समय तोकिएको छ । उम्मेद्वारहरुको अन्तिम नामावली २३ गते अपरान्ह ४ बजे प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ ।

महासंघको केन्द्र, प्रदेश र जिल्ला समितिको एकैदिन चैत २५ गते निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस !